×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकद्धारा आमा समूहलाई सरसफाई सामग्री प्रदान

काठमाडौँ – ओम डेभलपमेन्ट बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं २ को अर्चलबोट आमा समूहलाई डस्टबिन, कुचो लगायत बिविध सरसफाई सामग्री प्रदान गरेको छ । 
वडा नं २ मा आज आयोजित एक समारोहका बीच आमा समूहका अध्यक्ष कल्पना पराजुली र वडा नं २ का कार्यबाहक अध्यक्ष प्रमोद पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन । उक्त सामग्री बिन्ध्यवासिनी मन्दिर, वडा नं २ को कार्यालय हुंदै पोखरा बाग्लुङ राजमार्ग वरिपरी राखिने वडा सदस्य तथा संयोजक गौतम विजुक्छेले बताए ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक, भौतिक तथा अन्य सामग्रीहरु सहयोगहरु गर्दै आईरहेको छ ।
बिकास बैंकले असोज मसान्तसम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ०४ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६० हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरु मध्ये शाखा रहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो । बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानको लागी हालै मात्र समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: