ओरियन्टलको खुद नाफा ५८.१५% ले बढ्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - ओरियन्टल होटल्सले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ५८.१५% वृद्धि गरेको छ । गत वर्ष कम्पनीले खुद नाफा २ करोड ५५ लाख ५४ हजार २७६ रुपैयाँबाट बढोत्तरी गरेर ४ करोड ४ लाख १५ हजार ९३० रुपैयाँ कमाएको छ । 

कम्पनीको सञ्चालन नाफा ४३.४३% ले बढेर १८ करोड ६ करोड ९१ लाख ९३ हजार ४६ रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब १५ करोड ९६ लाख ९७ हजार ७८० रुपैयाँ जम्मा गरिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ १३ पैसा छ ।

प्रकाशित : Monday, November 19, 2018

recent

Popular Posts