×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च मात्र ३६ हजार रुपैयाँ, बैंकक लगेको भए २०औँ लाख लाग्थ्यो… !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – छातीमा इन्फेक्सन भएर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत सोमबार विहान देखी उपचार गराइरहेका प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किएका छन् । प्रधानमन्त्री ओलीको उपचारको खर्च मात्र ३६ हजार लागेको छ । उक्त खर्च भने सरकारले नै व्यहोर्ने भएको छ । गत सोमबार विहान चार बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य सामान्य अवस्थामा पुगेपछि बालुवाटार फर्किएका थिए । 
सोमबार बिहान देखि अस्पतालको सीसीयुमा भर्ना भएर उपचार गराइरहेका प्रधानमन्त्रीको उपचार औषधिसहितको खर्च शुक्रबार बिहान सम्मको ३६ हजार पुगेको हो ।  हाल प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोको सीसीयुको बेडचार्ज एक दिनको ३ हजार २ सय रहेको छ । सोमबारदेखि शुक्रबारसम्म बेड चार्ज मात्रै १३ हजारको बिल पुगेको छ । त्यस्तै औषधिको ११ हजार बिल छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार ओलीलाई एन्टीबायोटिक्सहरु मुखबाट नखुवाएर इन्जेक्सन मार्फत दिइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: