×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकको कमालको प्रगति, खुद नाफा ५९ करोड ८४ लाख ३८ हजार रुपैयाँ

काठमाडौं – प्रभु बैंकको आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ७१.५७% ले वृद्धि गरेर ५९ करोड ८४ लाख ३८ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष बैंकले ३४ करोड ८७ लाख ९९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी १ अर्ब १३ करोड ३६ लाख ३० हजार रुपैयाँ भएको छ । यो खुद ब्याज आम्दानी ४७.९१% ले बढेको हो । बैंकको सञ्चालन नाफा ८१ करोड ७२ लाख ७२ हजार रुपैयाँ कमाएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको कारणले खुद नाफा पनि वृद्धि भएको देखिन्छ ।
बैंकले १ खर्ब ३ अर्ब २ करोड ४५ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गर्दा ८६ अर्ब १ करोड ८० लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ८५ करोड ८६ लाख ९१ हजार रुपैयाँ छ । बैंकले खराब कर्जा २.५१% मा रहेको छ भने प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ०१ पैसा छ ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: