×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विमानमा घोटालादेखि व्यवसायीको ‘बिजोग’सम्म…’प्रकाण्ड’ले जनसभामा उठाएका ९ आर्थिक मुद्धाहरु यस्ता छन् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार आयोजना गरेको जनसभामा पार्टीका प्रवक्ता प्रकाण्डले नेपालको अर्थतन्त्रलाई खोक्रो बनाउने काममा अहिलेको सरकार लागि परेको आरोप लगाएका छन् । प्रकाण्डको पूरै भाषणलाई केलाउने हो भने उनले आफ्नो मन्तव्यमा राजनीतिसँग जोडेर अर्थका कुरा बढी गरेका छन् । ओलीलाई गाली गर्दा होस् वा आफ्नो पार्टीको योजना सुनाउँदा उनी अर्थकै कुरामा बढी जोड दिइरहेका थिए । निर्मलाको हत्यारा पत्ता लगाउने कुरालगायतका केहि विशुद्ध राजनीतिक / सामाजिक कुराहरुलाई छोड्ने हो भने आफ्नो भाषणमा उनले अर्थका कुराहरुलाई बढी नै जोड दिए । हामीले उनले आफ्नो मन्तव्यमा राखेका आर्थिक कुराहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं । 
१. मन्तव्यको सुरुमै उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । ‘नेपालका संसदीयवादीहरु भ्रष्टाचार गर्नकै लागि जन्मिएका हुन् । कमिसन खानकै लागि जन्मिएका हुन् । राष्ट्रघात गर्नकै लागि जन्मिएका हुन् ।’ उनले आफ्नो मन्तव्यमा भनेका छन् ।
२. पूर्व पर्यटनमन्त्रीसमेत रहेका प्रकाण्डले वाइडबडी विमान खरिदमा ६ अर्व ६६ करोड भ्रष्टाचार भएको दावी गरे । ‘ ६ अर्व ६६ करोड भ्रष्टाचार भएको ओलीजीलाई थाहा छ कि छैन ? रविन्द्र अधिकारी, युवा नेताको देश बिकास गर्छु भन्ने पाखण्ड कता गयो ?’ भाषणमा उनले प्रश्न गरेका छन् ।
३. उनले अपर कर्णालीमा ठूलो भ्रष्टाचार भएको रहस्य पनि खोले । अरुण तेश्रो, र बुढीगण्डकी निर्माणमा पनि ठूलो राजनीति भएको उनले दावी गरे । उनले राष्ट्रमा दाउमा राखेर महत्वपूर्ण योजनाहरु विदेशीलाई जिम्मा लगाएको पनि आरोप लगाए । घाटा हुने काम अरुलाई दिएर देश डुबाउने खेलमा नेताहरु लागेको आरोपसमेत उनले लगाए ।
४. उनले ‘दलाल पूँजीपति’ बर्गले आन्दोलनको दुरुपयोग गरेको समेत आरोप लगाए । उनले सरकारमा बसेकाहरुको ध्यान राज्यको सम्पत्ति लुटेर निजी बनाउनतर्फ उद्धत रहेको समेत बताए । ‘सरकारका मन्त्रीहरुको लक्ष भनेको भ्रष्टाचार र कमिसनको लक्ष राखेर प्रोजेक्ट बनाउने छ अहिले । देशको अर्थतन्त्र चौपट भएको छ । हिजो भुइँफुट्टा मान्छेहरु आज रातारात करोडपति भएका छन् । हिजो भुइफुट्टा नेताहरु आज रातारात अरवपति भएका छन् ।’ उनले भाषणमा भनेका छन् ।
५. उनले आफ्नो भाषणमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रोजेक्टमा पनि ठूलो घोटाला भएको प्रष्ट पारे । ‘समय लम्बाउदै, निर्माण कार्य लम्बाउँदै, बजेट छर्दै, भ्रष्टाचार बढेको छ ।’ उनले भनेका छन् ।
६. ‘नेपालको अर्थतन्त्र चौपट भएको छ । राष्ट्रिय उद्योगी व्यवसायहरु टाँट पल्टेका छन् । उहाँहरुसँग छलफल हुँदा अव यो व्यवसाय नै गर्दैनौं भन्नुहुन्छ । तर सरकार नारा लगाउंदैछ समृद्धिको । कहाँबाट आउँछ समृद्धि ?’ उनले टिप्पणी गरेका छन् ।
७. नेपालमा आइएनजीओहरुको चलखेल बढी भएको उनको आरोप छ । नेपालमा खेतीयोग्य जमीनहरु बन्जाड भएकोमा पनि उनले चिन्ता व्यक्त गरे । हाम्रो कृषि उत्पादन, औधोगिक विकास सरकारको योजनामै नरहेको उनको भनाइ छ । उद्योगी व्यवसायीहरुको व्यवसाय चौपट भएको कुरा उनले दोहोर्याएर बताएका छन् ।
८. नेपालमा यातायात र रोजगारीमा पनि समस्या आएको उनको भनाइ छ । उनले यातायातको पूर्वाधार पनि सरकारले बिकास गर्न नसकेको उनको भनाइ छ । र बैज्ञानिक समाजवादमा उनले यातायात र आइटीको विकासको विषय पनि पर्ने बताएका छन् ।
९. उनले बैंकका बारेमा पनि थोरै टिप्पणी गरे । उद्योगी व्यवसायीहरुको स्थिति राम्रो नभएकाले बैंकको स्थिति पनि ठिक नरहेको आशय उनले भाषणका क्रममा प्रकट गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: