×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंसिर ८ गतेको कार्यक्रमलाई लक्षित गर्दै क्रान्तिकारी पत्रकार संगठनको प्रचार-प्रसार तीब्र, एपीवान टिभीले प्रत्यक्ष प्रसारण गर्ने ! (भिडियोसहित)

  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ- नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी शनिबार अर्थात मंसिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभालाई लक्षित गर्दै क्रान्तिकारी पत्रकार संगठन नेपालले प्रचारात्मक तयारीलाई तिब्र पारेको छ । केन्द्रीय प्रचार प्रसार समिति अन्तर्गत विभिन्न उपसमिति बनाएर संगठनले विभिन्न प्रचारात्मक कार्यक्रमहरुलाई तीब्रता दिएको हो ।
पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी ८ गते शनिबार काठमाडौंमा गर्न लागेको प्रर्दशनलाई केन्द्रित गर्दै संगठनले विभिन्न सञ्चारगृहका सम्पादक तथा संचालकलाई भेटी उक्त कार्यक्रमलाई सफल बनाउन अनुरोधसमेत गरेको छ  ।
केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गत पत्रपत्रिका संयोजन गर्ने जिम्मेवारी पाएका संगठनका केन्द्रीय सदस्य धनन्जय बुढाको नेतृत्वमा बुधबार संगठनका केन्द्रीय सदस्यहरुले अन्नपूर्ण पोष्टका सम्पादक तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापालाई भेटी कार्यक्रमलाई सफल बनाउन अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतका मिडियाहरुले महत्वपूर्ण भूमिका खेलिदिन आग्रह गरेका छन्  
आफुलाई भेट्न आएका संगठनका उपाध्यक्ष जन्मदेव जैशी, महासचिव बाबुराम भुसाल, लगायतका अन्य केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रमको एपीवान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरेर आफुले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् . 
पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौंमा आयोजना हुन लागेको जनसभालाई पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन ।
संगठनले मंगलबार राखेको उपलब्ध केन्द्रीय सदस्यहरुको विशेष बैठकले नेपाल कम्युनिष्ट पार्टीले गर्न लागेको जनसभाको प्रचारप्रसारमा सहयोग गर्न विभिन्न सञ्चारगृहहरुलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: