×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामाजिक उत्तरदायित्वमा राष्ट्रिय वाणिज्य बैंकको सहभागिता, मुस्कान सेवा नेपाललाई १२ लाख सहयोग

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर, सूर्यविनायक नगरपालिका वडा न.८ स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाहरुको निवास प्रबन्ध मिलाउनको लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङलाई चेक हस्तान्तरण गर्नुभएको छ । मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको संरक्षण र तिनको शिक्षा प्रबन्धको लागि कार्य गर्दै आइरहेको छ ।
सो समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी, सुशील श्रेष्ठ, नायब महाप्रबन्धक केशवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थीलगायतको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: