×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ५७.७२% वृद्धि हुनुमा यस्ता छन् कारण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ५७.७२%ले बढोत्तरी गरेर १ अर्ब ११ करोड ९० लाख ७६ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ ।  गत वर्ष बैंकको खुद नाफा ७० करोड ९५ लाख ७ हजार रुपैयाँ मात्र भएको थियो । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ४८.९५% र ५६.५६%ले वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७४ करोड ९७ लाख ६४ हजार रुपैयाँ बढेर   २ अर्ब ६० करोड ६४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यता सञ्चालन नाफा पनि १ अर्ब १ करोड २७ लाख १ हजार रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५५ लाख ६७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको कारणले खुद नाफा पनि बढेको देखिएको छ  । 
बैंकको यस त्रैमाससम्ममा निक्षेप संकलन १ खर्ब ६४ अर्ब १६ करोड ८० लाख ४ हजार रुपैयाँ  गरेर १ खर्ब २३ अर्ब ९० करोड ८९ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
हाल यसको चुक्ता पुँजी ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ अर्ब ५४ करोड ९८ लाख ६ हजार रुपैयाँ रहेको छ ।  बैंकको खराब कर्जा अनुपात भने ३.८३ भएको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: