रिलायबल इन्स्योरेन्सको ‟रिलायबल सामुहिक म्यादि जीवन बीमा योजना ”

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना रिलायबल सामुहिक म्यादी जीवन बीमा योजना ल्याएको छ । रिलायबल सामुहिक म्यादी जीवन बीमा योजनाले श्रम ऐन, २०७४ मा उल्लेख भए अनुसारको कर्मचारीहरुको रु. ७ लाख बराबरको दुर्घटना बीमा र रु. १ लाख बराबरको मेडिकल बीमाको जोखिम बहन गर्नेछ ।

रिलायबल सामुहिक म्यादी जीवन बीमा योजनाले विभिन्न संघ, संस्था एवं सरकारी (सरकारी स्वामित्वका संस्थान समेत) कार्यालयका कर्मचारीहरुलाई लक्षित गरेको छ ।

कम्पनीले सामुहिक म्यादी जीवन बीमा सहित हाल सम्म विभिन्न १३ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ । कम्पनीको हाल ६० वटा शाखा, उपशाखा, तथा एजेन्सी कार्यालयहरुबाट बीमालेख बिक्री गर्दै आइरहेको छ ।
प्रकाशित : Thursday, November 22, 2018

recent

Popular Posts