×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रेमिट्यान्स बढ्यो : तीन महिनामा भित्रियो दुुई खर्ब ४२ अर्ब रेमिट्यान्स

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा रेमिट्यान्स बढेको जानकारी दिएको छ । चालू आवको पछिल्लो तीन महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ३७ दशमलव तीन प्रतिशतले बढेर दुुई खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुुई दशमलव छ प्रतिशतले बढेको थियो । 
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह छ दशमलव छ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३ दशमलव चार प्रतिशतले वृद्धि भई दुुई खर्ब ७० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार दशमलव तीन प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६ दशमलव सात प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुुई दशमलव छ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ । समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई ८१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ अर्ब ५२ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८२ लाख रहेको चालू खाता घाटा समीक्षा अवधिमा ७१ करोड ६९ लाख पुगेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर खाता ३५ अर्ब ४२ करोडले घाटामा रहेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर खाता चार अर्ब २७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर खाता अघिल्लो वर्षको सोही अवधिमा चार करोड तीन लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ३१ करोड ६२ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ५५ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह एक अर्ब ५४ करोड रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानी क्रमशः चार अर्ब ९६ करोड र छ अर्ब सात करोड रुपैयाँ रहेको थियो । – आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: