सामुदायिक लघुवित्तको ३ लाख कित्ता आइपीओ खुल्यो, मंसिर ५ गतेसम्म भर्न पाइने


आइपिओ नोटिस :
कम्पनी : सामुदायिक लघुवित्त वित्तीय संस्था 
खुला भएको मिति : आज (मङ्सिर २ गते, आइतबार)
भर्ने अन्तिम मिति : मंसिर ५ गते 
कित्ता : ३ लाख कित्ता (१२ हजार कित्ता सेयर कर्मचारी, १५ हजार कित्ता सेयर म्युचुअल फन्ड र २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई)
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता :  ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १५ सय कित्ता

विवरण : 
सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता आइपिओ आजदेखि खुल्ला भएको छ । खुल्ला भएको आइपिओमध्ये १२ हजार कित्ता सेयर कर्मचारी र १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको हो । यो आइपिओ लगानीकर्ताले छिटोमा मंसिर ५ गतेसम्म र ढिलोमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । 

आवेदन दिन सकिने शाखाहरु :
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल 
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १० करोड रुपैयाँ  पुग्ने
प्रकाशित : Sunday, November 18, 2018

recent

Popular Posts