सानिमा बैंकको साधारण सभा मंसिर २७ मा, १४% नगद लाभांश प्रस्ताव पेस गरिने


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सानिमा बैंकले १४% नगद लाभांशको प्रस्ताव पेस गर्न मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट १४% नगद लाभांश दिन लागेको हो । साधारण सभाका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने जानकारी प्रदान गरेको छ । यस अनुसार मङ्सिर १३ गते सम्म कायम सेयर धनीले मात्र नगद लाभांश पौने छन् ।

बैंकले १ अर्ब १२ करोड १ लाख ७५ हजार ७६२ रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ । हाल यसको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । सानिमाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा छ ।
प्रकाशित : Wednesday, November 21, 2018

recent

Popular Posts