सानिमा बैंकले १४% नगद लाभांश दिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सानिमा बैंकले नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १४% नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ ।  यो लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन भएपछि मात्र वितरण हुनेछ । 
प्रकाशित : Thursday, November 01, 2018

recent

Popular Posts