×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्सको सम्झौता

काठमाडौं – नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्सको सम्झौता भएको छ ।
शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेल समझदारीपत्रमा हस्ताक्षर गरे ।
नेपालमै पहिलो पटक सञ्चालनमा ल्याउन लागेको यस योजना अन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ्गको आफूलाई पाएक पर्ने सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् । ग्राहकहरुलाई सुलभ, छिटो र झन्झटरहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दाबी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: