सिद्धार्थ बैंकले गर्यो कमालको प्रगति, खुद नाफामा ४३.१०% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ४३.१०% ले वृद्धि गरेर ५२ करोड ५० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले गत वर्ष खुद नाफा ३६ करोड ६९ लाख १८ हजार रुपैयाँ कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब २४ करोड १९ लाख ७४ हजार रुपैयाँ छ । यो गत वर्षको तुलनामा ६७.८७% ले धरै हो । यस्तै, सञ्चालन नाफामा ४२.०९% वृद्धि गरेर ७४ करोड ४२ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ५ अर्ब ६२ करोड ७७ लाख २९ हजार रुपैयाँ रहेको छ । यता बैंकले निक्षेप संकलन १ खर्ब २५ करोड ३१ लाख ४० हजार रुपैयाँ गरेको छ । त्यसबाट ९० अर्ब ६७ करोड ५ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.४०% छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ४९ पैसा छ ।
प्रकाशित : Monday, November 05, 2018

recent

Popular Posts