सिन्धु र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सक्ने

काठमाडौं - सिन्धु विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र इन्स्योरेन्सबीच मंगलबार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्रीले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले सगरमाथा इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।
प्रकाशित : Wednesday, November 21, 2018

recent

Popular Posts