सोल्टी होटलको साधारण सभा पुष २६ गते, सभामा २६.३१५% लाभांश प्रस्ताव पेस गरिने

काठमाडौं - सोल्टी होटलले २६.३१५% लाभांश दिने भएको छ । सोल्टी होटलले उक्त लाभांश प्रस्ताव पेस गर्नको लागि पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सोल्टी होटलले १०% बोनस सेयर र १६.३१५ नगद लाभांश गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो ।

साधारण सभा गर्न मंसिर २६ गतेदेखि पुस २६ गते सम्म बुक क्लोज गर्ने भएको छ । मंसिर २५ गतेसम्म कायम रहने शेयरधनीले मात्रे लाभांश पाउने छन् ।

साधारण सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सोल्टी होटलको हाल चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ । बोनस सेयर पश्चात चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Friday, November 16, 2018

recent

Popular Posts