×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफ इन्सुरेन्सले पायो ७०% हकप्रद अनुमति, बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सलाई ७०% हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । सूर्याले १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 
सूर्याले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही चुक्ता पुँजीबाट हकप्रद बिक्री गर्न लागेको हो । यो हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: