×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्सुरेन्सको ७०% हकप्रद आउंदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

सूर्या लाइफ इन्सुरेन्सको ७०% हकप्रद आउंदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सले ७०% हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद निस्कासन गर्नको लागि धितोपत्र बोर्ड पुगेको छ । इन्सुरेन्सले १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । 
यो इन्सुरेन्सले गत असार ३२ गतेको साधारण सभाबाट पारित १२% बोनसपछि कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजीको ७०% हकप्रद बिक्री गर्न लागेको हो । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: