अवदेखि माइक्रोबसका चालक र सहचालकलाई पनि ड्रेस अनिवार्य ! (भिडियो रिपोर्ट)

काठमाडौँ - भाडाको ट्याक्सी पछि काठमाण्डौ उपत्यकामा सञ्चालित माईक्रोबस चालक र सहचालकले पनि शनिबारदेखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ ।

शनिबार राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुमार पन्तले माईक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरि यस अभियानको सुरुवात गर्नुभएको हो । चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट छ । एक साता सम्म ज्याकेट लगाउनुपर्ने बारेमा सचेतनामुलक कार्यक्रम संञ्चालन गरिने र त्यसपछि ज्याकेट नलगाउनेलाई कारवाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिचान सहितको ज्याकेट लगाउनाले एक रुपता ल्याउनुको साथै सेवाग्राहीको सुरक्षालाई पनि चुस्त राख्ने विश्वास व्यक्त गर्नुभयो । यसले अनुसासित पनि बनाउने उहाँले बताउनुभयो ।

ठुला सवारीसाधनका चालक तथा सहचालकलाई समेत ड्रेसकोडको व्यवस्था गर्नुको साथै ट्याक्सी र माईक्रोबसका चालकको ड्रेसकोडलाई राजधानी बाहिर पनि लैजाने तयारी भईरहेको छ ।

प्रकाशित : Sunday, November 18, 2018

recent

Popular Posts