युनाइटेड मोदी हाइड्रोपावरले गर्यो ५% नगद लाभांश दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - युनाइटेड मोदी हाइड्रोपावर लि.ले ५% नगद लाभांश दिने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले नगद लाभांशमा ५ करोड ७५ लाख खर्च गर्ने भएको छ ।

यो प्रस्ताव आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ  । युनाइटेड मोदीको हाल १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
प्रकाशित : Sunday, November 25, 2018

recent

Popular Posts