उन्नति माइक्रोफाइनान्सले ४०.५०% बोनस दिँदै, कर तिर्न २.१३% नगद लाभांश

काठमाडौं - उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले ४२.६३% लाभांश दिने घोषणा गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको कमाईबाट ४०.५०% बोनस सेयर र (कर तिर्न) २.१३% नगद लाभांश दिन निर्णय गरेको छ । 

सञ्चालक समितिबाट प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
प्रकाशित : Tuesday, November 13, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal