अपर तामाकोशीको १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ खुल्ला, कहाँ जाने भर्न ?

आइपिओ नोटिस 
कम्पनी : अपर तामाकोशी हाइड्रोपावर लिमिटेड 
खुला भएको मिति : आज (कात्तिक १५ गते, बिहिबार)
भर्ने अन्तिम मिति : कात्तिक १९ गते
कित्ता : १ करोड ५८ लाख ८५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० रुपैयाँ 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १ हजार कित्ता

विवरण : 
अपर तामाकोशी हाइड्रोपावरको १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ आजदेखि खुल्ला भएको छ । यो यो आइपिओमा कात्तिक १९ गतेसम्म आवेदन दिन पौने छन् । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ । 

आवेदन दिन सकिने शाखाहरु :
नागरिक लगानी कोष र सनराइज क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्ने

प्रकाशित : Thursday, November 01, 2018

recent

Popular Posts