×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्घाखाँची छिरेका पर्यटकको मनपरी : दिउँसै खुला स्थानमा सेक्स गरेपछि प्रशासनलाई तनाव, दुइ नेपाली पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
सन्धिखर्क – अर्घाखाँचीमा विदेशी पर्यटकहरुले तमासा देखाएका छन् । नेपाल घुम्न आएका ४० बढी विदेशी पर्यटकहरुले नाङ्गै भएर अश्लील हर्कत गर्न थालेपछि स्थानीय प्रशासनलाई तनाव भएको छ भने स्थानीयको मौखिक उजुरीपछी उनीहरुलाई फिर्ता पठाउने काम पनि सुरु भएको छ । 
शितगंगा नगरपालिका–६ गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा प्रवेश गरी टेन्ट टाँगेर बसेका उनीहरुले नाङ्गै भएर नाचगान गर्ने, माटो दल्ने, नुहाउने र खुल्लमखुल्ला सेक्स गर्ने काम गरेको उजुरीपछि उनीहरुलाई त्यस क्षेत्रबाट फिर्ता पठाउन प्रहरी लागिरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनीहरुले त्यहाँ प्रवेश गर्न स्थानीय प्रसासनको अनुमतिसमेत लिएका थिएनन् । 
यसैबीच ती विदेशी पर्यटक ल्याउने नेपाली २ नेपालीलाई प्रहरीले गएराति पक्राउ गरेको छ । प्रहरीले नेपालीहरु शालिक ढुङगाना र मोतीराम गैरेलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । ती पर्यटकको अश्लील हर्कतबारे थाहा भएपछी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेर उनीहरुलाई फिर्ता गर्न थालिएको प्रजिअ भुसालले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: