×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ठूलो कम्पनीको लाजमर्दो काम : आफ्नै सिमेन्टको नाम पनि सुल्टो लेख्न जान्दैनन् ‘बेइज्जती’हरु… ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौँमा अहिले ‘बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो’ चलिरहेको छ । र त्यसको मुख्य प्रायोजक छ अर्घाखाँची सिमेन्ट ।  अर्घाखाँची सिमेन्ट २ पटक गुणस्तरहीन प्रमाणित भएको कागजी प्रमाणहरु नै बोकेर हामी अर्घाखाँची सिमेन्टको स्टल पुग्दा त्यहाँका प्रतिनिधि आच्छु-आच्छु भएका थिए ।  जति लुकाउन खोजे पनि झुट कहाँ लुक्थ्यो र ? बजारमा गुणस्तरहीन भनी विभागले पत्र काटेको भए पनि सिमेन्टले आफ्नो ठूलो प्रचार गरिरहेको छ यतिबेला । तर सिमेन्ट उद्योगले ब्रान्डिङमा गरेको लापरवाहीले उसलाई मात्र गिज्याएको छैन समग्र ब्राण्डकै धज्जी उडाएको छ ।  
अर्घाखाँची सिमेन्टले आइतबारसम्म भृकुटीमण्डपमा भइरहेको कार्यक्रममा वास्तु सम्बन्धि सल्लाह लिनका लागि सम्पर्क गर्नु भन्दै आफ्नो स्टल अगाडी एउटा ब्यानर राख्यो । तर कम्पनीले आफ्नै सिमेन्टको नाम पनि उल्टो लेखेको थियो । ‘नाम, पेशा, सर्वनाम, विशेषण र थरको अन्तिम शब्द दीर्घ हुन्छ भन्ने सामान्य नियम पनि नमानेर र त्यसमा पनि सधैंझैं देखिरहेको आफ्नै सिमेन्टको नामको पनि हेक्का नराखेर ‘चि’ शब्द उल्टो लेखिएको छ, जुन सरासर गलत छ । 
हुन त उक्त ब्यानरमा अरु पनि व्याकरणीय त्रुटीहरु छन् । जस्तै ‘दिउसो’ होइन ‘दिउँसो’ हुन्छ, १ बजे ‘देखी’ होइन ‘देखि’ हुन्छ ‘बजे सम्म’ छुट्टै होइन जोडिएर ‘बजेसम्म’ लेखिन्छ । यस्तो कुरा त जानिएन होला भन्न पनि सकिएला । तर दिनरात त्यहि हेरेर बसेका अझ ब्राण्ड एण्ड प्रमोसन भन्ने छुट्टै विभागमा लाखौँ तलव खाएर बसेकाहरुले आफ्नै सिमेन्टको नाम उल्टो लेखिंदासमेत किन हेरेनन् भन्ने कुरा अचम्म नै हो । यो भन्दा ठूलो बेइज्जत अरु के हुन सक्ला र ?         
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: