×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खर्वपति बिनोध चौधरीको शाश्वतधाम आश्रममा सरकारको अर्को ‘एक्सन’ : अव्यवस्थित व्यापार हटाउन ७ दिने अल्टीमेटम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यसअघि आफुले नियम मिचेर सञ्चालन गरेको कर्मकाण्डी स्कुलको कक्षा ८ को अध्यापन रोक्न सरकारले दिएको आदेशको केहि समय नपुग्दै सरकारले बिनोद चौधरीको आश्रममा अर्को एक्सन लिएको छ । 
उद्योगपति बिनोद चौधरीले नवलपरासी पूर्व नवलपुरको देबचुली नगरपालीकामा सञ्चालन गरेको शाश्वतधाम अगाडीको क्षेत्रमा अव्यवस्थित व्यापार र पार्किङ भएको र यसका कारण वरपरका जनतालाई ठूलो कष्ट भएको निष्कर्ष निकाल्दै उक्त धामलाई नगरपालिकाले उक्त व्यापार र पार्किङ तत्काल हटाउन भन्दै ७ दिने अल्टीमेटम दिएको छ । 
आफुलाई खर्वपति दाबी गर्ने तर सरकारलाई सबैभन्दा बढी कर तिर्नेहरुको सूचीमा नपर्ने बिनोद चौधरीले शाश्वतधाम सञ्चालनमा ल्याएपछि अहिले उक्त्त क्षेत्रमा सडकमा नै ब्यापार र पार्किङ्ग हुन थालेको थियो । जसका कारण बाटो हिड्ने बटुवादेखि पर्यटकहरुसम्मलाई असहज हुँदै आएको थियो । यहि कुरामा अत्याधिक ‘कम्प्लेन’ आएपछि मंगलबार देबचुली नगरपालिकाले एक सूचना नै जारी गर्दै शाश्वतधाम अगाढि अस्तव्यस्त रुपमा रहेका व्यवसायले सडक दुर्घटनाको जोखिम बढेको भन्दै सुचना जारी भएको मितिले ७ दिन भित्र सबै किसिमका व्यवसाय हटाउन अल्टीमेटम दिएको हो । 
त्यतिमात्र होइन नगरपालीकाले यस बिषयमा गम्भिर रुपमा लिएकोसमेत स्पष्ट पारेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त पौडेलले यस्तो सूचना जारी नै गरेर ७ दिने अल्टिमेटम दिएको स्पष्ट पारेका छन् । नगरपालिकाले जारी गरेको सुचनामा यदि ७ दिन भित्र पसल तथा ठेला हटाउन अटेरी गरे नगरपालिका र स्थानिय प्रहरी प्रशासनको समन्वयमा सामान जफत गरी कार्वाही गर्ने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: