×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

समृद्धिको सपना : दरिद्रताको कथामात्र कति पढ्ने ? हेर्नुहोस् नेपालबाट अरवौंको ‘एक्सपोर्ट’ हुन्छ यी समानहरु…. !

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- देशमा दुइ थरी आवाज छन् । एकथरीले देशमा दुर्भाग्य देख्छन्, अर्कोथरीले समृद्धिको सपना देख्छन् । एउटा जटिल सपना पूरा गर्न सजिलो पक्कै छैन । तर बिलासीताका समानहरुको आयातमा नेपाल आत्मनिर्भर हुन सके वा त्यस्ता समानको आयातमा कमी गरेर नेपालबाट अरवौं रुपैयाँको निरियात हुने समानमा जोड दिए समृद्धि हाम्रै पालामा सम्भव छ भन्ने कुरामा कुनै शंका छैन । 
यी हुन् नेपालबाट विदेशमा निर्यात हुने अर्बौका वस्तुहरु 
तपाई हामी सबैलाई थाहा नै छ जुनसुकै ठाउँमा प्रयोग हुने गरेका सामाग्री नेपालमा बन्दैनन् । दिन प्रतिदिन भारत वा विदेशबाट अर्बौको सामाग्री आयात भईरहेका हुन्छन् । नेपालबाट भने कम मात्र निर्यात हुन्छ । भारतबाट नेपालमा नुन देखी सुनसम्म आयात हुन्छ । भारतबाट २÷३ तिहाइ आयात हुन्छ भने, निर्यात १ तिहाई पनि मुस्किलले भईरहेको हुन्छ । खैर छोडौं दुखका कुरा । केहि समृद्धि-सपनाका कुरा गरौं । नेपालमा केही यस्ता वस्तुहरु छन् जुन भारत, विदेश लगायतका ठाउँमा उत्पादन पनि हुँदैनन् । नेपालमा मात्र उत्पादन हुने भएकाले विश्वका अधिकाशं देशहरुमा निर्यात हुने गर्दछ । 
जस्तै गलैंचा । उनीको धागो तानमा बुनेर बनाइएको भुँइमा ओछयाएर बस्नका लागि प्रयोग गरिने एक प्रकारको विलासिताको समान नै हो । गलैंचा नेपालबाट निर्यात हुने साधनमा पर्दछ । आर्थिक वर्ष २०७५÷७६को हालसम्मको तथ्यांकमा ८५ करोड ५ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकमा रहेको छ । नेपालबाट निर्यात हुने अर्को समान हो फाइबर । नेपालबाट सबैभन्दा बढि निर्यात हुने वस्तुमध्ये हातले बनेका वा बुनेका फाइबरका सामाग्री पर्दछन् । नेपाल भन्सार विभागको तथ्यांक अनुसार फाइबरका सामाग्री चालु आर्थिक वर्षको ३ महिनामा मात्र २ अर्ब ३८ करोड २२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
जनावरका दाना पनि नेपालबाट निर्यात हुने सामाग्रीहरुमा पर्दछ । भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट जनावरका दानाहरु ८६ करोड २६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । हातले बुनेका मोजा तथा पन्जाहरु पनि नेपालबाट निर्यात हुन्छ । आर्थिक बर्ष ७५- ७६को हालसम्मको तथ्यांक हेर्ने हो भने मा ९६ करोड १० लाख रुपैयाँ बराबरको नेपालबाट पन्जा तथा मोजाहरु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । हातले बुनेका कार्पेट नेपालबाट निर्यात हुने सामाग्रीमा पर्दछन् । भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट चालु आर्थिक वर्षमा २ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ ।
अन्तराष्ट्रिय बजारमा सबैभन्दा बढि मात्रामा कफीहरु नेपालबाट निर्यात हुने गरेको छ । नेपालबाट यो चालु आर्थिक वर्षमा २ अर्ब २४ करोड ६ लाख रुपैयाँ बराबरको कफी तथा चिया निर्यात भएको छ । उनबाट बुनेका कपडा नेपालबाट चालु आर्थिक वर्षमा ९६ करोड ८६ लाख रुपैयाँ बराबरको बुनेका उलनका कपडाहरु निर्यात भएका भन्सार विभागको तथ्यांकले देखाएको छ । हातले बुनेका कपडा नेपालबाट निर्यात हुने क्रममा हमतले बुनेका कपडा तथा कपडाका सामाग्रीहरु पर्दछन् । आर्थिक वर्ष २०७५÷७६ को ३ महिनामा यस्ता कपडा तथा कपडाका सामाग्रीहरु १ अर्ब ९० करोड ५८ लाख रुपैयाँ बराबर निर्यात भएको छ ।
तरकारी, फलफुल तथा बोट बिरुवा तरकारी, फलफुल तथा त्यसका बोट बिरुवाहरु निर्यात हुने गरेका छन् । चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ बराबरको तरकारी, फलफुल तथा त्यसका बाटे बिरुवाहरु निर्यात भएको विभागको तथ्यांकमा छ । फलाम तथा स्टील भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ बराबरका फलाम तथा स्टीलहरु निर्यात भएको छ । अन्य– जुट, जुस, तयारी पोशाक, अलैंची, पोलिस्टर यार्न, पश्मिना, जिंक सिट, खोटो पिना, जडिबुटी, टुथपेस्ट लगयतका बस्तुहरु पनि नेपालबाट निर्यात हुने गर्दछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: