×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा साक्षरता : कसैले सोध्लान् नि ‘जीवन-बीमा’ के हो भन्लान्… फाइदा नै फाइदा छ भन्दिए…’

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – नमरी स्वर्ग देखिंदैन भनेजस्तै नपरी कहाँ चेतिन्छ र ? तर चेत खुल्दा धेरै कुरा वितीसकेको हुन सक्छ । जीवन बीमा पनि एउटा त्यस्तै तथ्य हो । समयमा नै बीमा गरे फाइदा नै फाइदा छन् । ढिलो गरे पछुताउनुको विकल्प छैन । जीवन बीमाको महत्व बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीड भनेजस्तै हो । सामान्यतया बीमा भनेको बीमा गर्ने व्यक्ति (बीमित) र बीमा गराईदिने व्यक्ति (बीमक) का बीचको करार हो । बीमा कम्पनीले आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी गर्नु नै बीमा गर्नु हो । भविष्यमा हुन सक्ने जोखिमको न्युनिकरण गर्न तथा भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनिसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमा शब्दको अर्थ ‘जिम्मेवारी लिनु’ हुन्छ । लिन पनि त्यो जिम्मेवारी बीमा कम्पनीले लिन्छ । 
के हो जीवनबीमा ?
जीवन बीमा भन्नाले बीमा कम्पनी र बीमा गर्ने व्यक्तिबीच भएको एउटा कानुनी ‘करार’ हो । बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा पटक-पटक निश्चित बीमा शुल्क बुझाए बापत बीमकले निजको मृत्यु भएमा वा बीमा अवधि ‘म्याचोर्ड’ भएमा कम्पनीले निजलाई वा नीजको परिवारलाई करार बमोजिमको पैसा दिन्छ। बीमा ऐन २०४९ मा भनिएको छ, ‘जीवन बीमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएमा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी व्यवसाय सम्झनु पर्दछ ।’ 
रिस्क-मिनिमाइजेसनका लागि बीमा 
मानिस जन्मेदेखि न धेरै खालका जोखिमहरू पर्दछन वा आईरहेको छहुन्छन् । जसमा सबैभन्दा ठुलो जोखिमे मृत्यु हो । प्राकृतिक प्रकोप, रोगब्याधी, दुर्घटना वा अन्य कारणबाट मानिसको अकाल मृत्यु हुनसक्छ । यसरी परिवारको सदस्य नरहदा सो परिवारलाई आर्थिक समस्या पर्न सक्दछ । यदि बीमा चालु रहेको अवस्थामा छ भने बीमा अवधिभित्र बीमा गर्ने मानिसको मृत्यु भएको खण्डमा बीमा कम्पनीले उसको इच्छाइएको ब्याक्तिलाई बीमांक रकम र बोनस प्रदान गर्दछ । बीमा गर्ने ब्यक्ति बीमा अवधिसम्म जिवित रहेको खण्डमा उ स्वयमले बीमांक रकम र बीमा अवधिको बोनस रकम प्राप्त गर्दछ । 
जीवनबीमा गरे हुन्छ काइदा, पाइन्छ यस्तो फाइदा !
बचत गर्ने बानी वा प्रोत्साहन मिल्छ । यदि कुनै पनि व्यक्तिले आफुसँग भएको रकमलाई बैंकमा जम्मा गरेको छ भने बैंक बाट उसले साने सानो काम परेका वा समस्या परेको बेलामा उक्त रकम निकाल्न सक्छ । तर, बीमा गरेको रकमलाई अवधि पुरा नहुन्जेलसम्मा निकाल्न मिल्दैन । जसबाट रकम जम्मा भईरहनुका साथै, बोनशका रुपमा व्याज बढिरहेको हुँदा बीमा बानी बस्नुका साथै प्रोतसाहन मिल्छ । 
बालबच्चाको शिक्षाका लागि बिमा निकै फाइदाजनक हुन्छ । आफ्नो बालबच्चालाई राम्रो शिक्षा दिने मन कसलाई पो हुँदैन र ? कुनै घटना वा दुर्घटनाको कारण केहि आइलाग्यो भने पनि बीमाको सहयोग लिन सकिन्छ । गुणस्तरीय निजी शिक्षण संस्थाबाट पैसा नभएकै कारण सस्तो विद्यालय खोज्दै हिँड्नुपर्ने तनाव हुँदैन । छोराछोरीको विवाहको व्यवस्थापन आफ्ना छोराछोरीहरुलाई शिक्षा, दिक्षाका साथै विवाहको प्रवन्ध मिलााउनको निम्ती पनि ठूलो रकम आवश्यक पर्ने भएकाले अभिभावकलाई यसको बोझ हल्का गराउन बीमा कम्पनीमा कर्जाको व्यवस्था समेत हुन्छ । अथवा विवाह– ब्रतबन्ध, कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।
सामाजिक प्रतिष्ठामा वृद्धि बीमा गर्ने व्यक्ति ढुक्क बस्ने गर्दछन् । किनकी, उनीहरुको समाजमा छुट्टै किसिमको प्रतिष्ठा हुन्छ । भविष्यमा आउने विभिन्न प्रकारका प्रलेखको बीमा गराएर उ ढुक्क भएको हुन्छ र वृद्ध अवस्थामा पनि आनन्दले दिन बिताउन सक्छ । ऋण भारबाट मुक्त हुन पनि बीमाले सहायोग गर्छ । ऋण लिने व्यक्तिको ऋण चुक्ता गर्ने भार उस्को परीवारमा पर्दछ । तर ऋण लिदा बीमा गरेको अवस्थामा ऋणीको मृत्युमा सो ऋण बीमा कम्पनिले तिरीदिने हुदा परीवारमा आर्थिक भार पर्दैन । निर्भरताकोउन्मुलन जीवनका लागि पनि बीमा उपयोगी छ । बीमाको रकमले विशेष गरी जागीरबाट अवकाश लिएको अवस्थामारबूढेसकालमा राहत दिने हुदा अन्यत्र निर्भर हुनु पर्ने अवस्थालाई आर्थिक रूपमा उनमुलन गर्दछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: