×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालिका अनियमितता प्रकरण : आफ्नै संस्थामा भएको बदमासीको पोल खोल्दै अध्यक्षले दिए राजीनामा ! (पत्रसहित)

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- स्याङ्जाको वालिङ नगरपालिकामा मुख्य कार्यालय रहेको कालिका लघुबित्त बित्तीय संस्थामा अनियमितता भएको रहस्य खुलेको खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि उक्त प्रकरणसँग सम्बन्धित थप विवरणहरु अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ । संस्थामा विशेषगरी खरिद विक्रीको काममा व्यापक अनियमितता भएको भन्दै केहि प्रमाण बाहिर आएसँगै संस्थामा अध्यक्ष र सीइओबीचको टसल कहाँसम्म रहेछ भन्ने कुरा पनि सार्वजनिक भएको छ ।
आफ्नै संस्थामा भएको अनियमितताको पोल खोल्दै अध्यक्षले दिए राजीनामा 
यता संस्थामा व्यापक अनियमितता भएको आरोप लगाउँदै संस्थाका अध्यक्ष विष्णु प्रसाद पौड्यालले राजीनामा दिएका छन् । संस्थाका सीइओ मिन बहादुर बोहोराबाट अनियमितता भएको आरोप लगाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामा पत्रमा संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन नमानेको, खरिद प्रक्रियामा घोटाला भएको, कर्मचारीको विषयमा समेत अनियमितता भएको लगायतका आरोप लगाएका छन् । उनले संचालक समितिमा आफुले सीइओले गरेको अनियमितताबारे छलफल लागेको भएपनि संचालकहरुले सहयोग नगरेको भन्दै राजीनामा बुझाएका हुन् ।  
हेर्नुहोस् उनको राजीनामा पत्र :
   
यसअघि उनकै पहलमा सीइओ मिनबहादुर बोहोरालाई स्पष्टीकरण सोधिएको थियो । उनलाई स्पष्टीकरण सोधीएकोमा उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाइ निलम्बनसमेत गरिएको थियो । तर एक संचालकको दवावमा उनलाई पुनर्वहाली गरिएको असन्तुष्ट संचालकहरुको आरोप छ । केहि समय अघि उनलाई अनियमितता गरेको भन्दै आरोप लगाइएको भएपनि पुन: उनलाई कारवाही फुकुवा गराएको पत्र थमाइएको छ । उनी हाल काममा हाजिर भइसकेका छन् ।
 हेर्नुहोस् यसअघि उनलाई निलम्बन गरिएपछि सहायक प्रमुख कार्यकारी अधिकृतलाई जिम्मेवारी तोकिएको पत्र:
सीइओ भन्छन्, ‘मलाई हटाउने प्रपन्च रचियो, तर केहि त्रुटी र कमजोरी भएकै हो’
यता यस विषयमा संस्थाका सीइओ मिन बहादुर बोहोराले संचालक समितिका कहिले आफुलाई हटाउने प्रपंच रहेको आरोप लगाएका छन् । ‘संस्थामा केहि त्रुटी भएका छन् । यो गाउँ हो । यहाँ अनेक कुराका ‘लिमिटेसन’ छन् । कर्मचारीहरु सबै दक्ष छैनन् । झन् पहिला त कति समस्या थियो । अहिले म आएपछी धेरै समस्या निवारण गरको छु । बिजनेश बढाएको छु, साखा बढाएको छु । तर संचालक समितिमा भएको कलहको शिकार मलाइ बनाइएको छ ।’ उनले भने । ‘अनि नक्कली बिलमार्फत पनि भुक्तानी भएको रहेछ नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले गल्ती भएको स्वीकार्दै भने, ‘जहाँसम्म फर्निचरको कुरा छ, उहाँले हाम्रो संस्था खोल्दादेखि नै हामीसँग काम गर्नुभएको हो । केहि प्राविधिक त्रुटी भएकै हो । बिजक नम्बरको कुरामा संस्थाको कमजोरी भएकै हो । तर उक्त फर्निचर फर्मले हामीलाई सुरुदेखि नै सामान दिइरहेको हो । यो बीचमा कमजोरी भएपनि नियत भने गलत थिएन।’ 
फर्निचरका सञ्चालक भन्छन्, ‘नजानेर गल्ती भयो’
अध्यक्षले खरिद प्रक्रियामा अनियमितता भएको बताईरहँदा शुक्रबार अर्थ सरोकार डटकमले त्यसको प्रमाणसहित समाचार प्रकाशित गरेपछि संस्थामा घोटाला भएको भनी नाम जोडिएका फर्निचर फर्मका संचालकले आफ्नो गल्ती भएको स्वीकारेका छन् । आन्तरिक राजश्व विभागको तथ्यांक हेर्दा यो प्यान नम्बरमा तल उल्लेखित विवारण भेटिएको छ । २०७४ सालमा जारी भएको बिजकमा नम्बर नै नहुनु र कुनैमा आफैंले हातैले नम्बर लेखिएको बारे हामीले फर्मका संचालक सन्तोष बिकलाइ सोधेका थियौं । उनले काम गर्दाका क्रममा आफ्नो गल्ती भएको स्वीकार गरे । ‘मलाई यो भ्याटका बारेमा केहि पनि थाहा थिएन । जसो जसो अडिटरले सुझाव दिए त्यसै त्यसै गरेको हुँ । मेरो नियत गलत छैन । त्यो बेला पनि थिएन । पहिला देखि नै कालिकामा फर्निचरको काम गरेको हुँ । नियम अनुसार बिल नभएको भन्ने पछी मात्र थाहा पाएँ । तर यसमा मेरो नियत गलत थिएन ।’ उनले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भने । यसका साथै उनले आफुले नजानेर गरेको गल्ती भएकाले जुनसुकै सजाय पनि भोग्न तयार भएको बताए । ‘नजानेर गल्ती भयो । अव गल्ती भएको छैन भन्न मिल्दैन । कहींबाट हुन आउने सजाय भोग्न तयार छु । तर म काम गर्ने मान्छे हो । कसैलाई लुट्ने, ठग्ने बदनियत छँदै थिएन ।’         

हेर्नुहोस् उनको फर्निचरले जारी गरेको नम्बर नै नभएको बिजकबारे अर्थ सरोकार डटकमले तयार गरेको समाचार :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: