×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पहिला देश, अनि विदेश : ४० तस्विरमा हेर्नुहोस् ‘स्वर्गको टुक्रा’ कालिञ्चोक (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- फोटोकथाको शिर्षकमा ‘स्वर्गको टुक्रा’ भन्ने शब्द प्रयोग भएको छ । आजसम्म स्वर्ग कसैले देखेको छैन । तर स्वर्गको बयान भएका कथाहरु सुनेको जो कोहि दोलखा जिल्लाको कालिञ्चोक भगवतीको दर्शन गर्न पुग्यो भने लाग्छ, ‘सायद स्वर्ग यहि हो। ‘ धार्मिक, पर्यटकीय हिसावले निकै महत्वपूर्ण मानिएको कालिञ्चोकमा अहिले भक्तजन, र पर्यटकहरुको भीड बढेको छ । सरकारले सन् २०२० लाइ भिजिट नेपाल बर्षको रुपमा मनाउने तयारी गरिरहँदा सबैले प्रचारप्रसार गर्नुपर्ने एउटा गन्तव्य यो पनि हो । 
गाह्रो छैन कालिन्चोक पुग्न, तर सजिलो पनि छैन उकालो चढ्न !
काठमाडौबाट चरीकोट हुँदै कालिञ्चोकसम्म पुग्न सकिन्छ । चरिकोटसम्म काठमाडौँबाट सजिलै त्यहाँ जाने कुनै पनि गाडी वा आफ्नो गाडीमै जान पनि सकिन्छ । चरिकोटबाट उकालो करिव डेढ घण्टा गाडीमा कुरी बजार पुग्न सकिन्छ । हिड्ने हो भने करीब ५ घण्टाको उकालो चढेपछि कुरी पुगिन्छ । कुरी बजारमा दुइवटा विकल्प छ । तपाईं सिधै उकालो चढ्न सक्नुहुनेछा वा यहाँ बास बसेर भोलिपल्ट माथि जाने तयारी गर्न सक्नुहुनेछ । घाम लागेपछि ठाडो उकालो चढ्न गाह्रो हुन्छ, त्यसैले विहानै उकालो चढ्दा राम्रो हुन्छ ।कुरीबाट सामान्य हिडाईमा करीब ४५ मिनेट र थकित अवस्थामा हो भने झन्डै डेढ घण्टा उकालो चढेपछि कालिन्चोक भगवतीको आँगनमा पुगिन्छ । जुन स्वर्ग भन्दा कम छैन ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: