×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा बिकास बैंक आन्तरिक ‘विवाद’को उत्कर्षमा : शनिबार बैठक बसेर निर्णय गर्नुको रहस्य के हो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कामना सेवा बिकास बैंक आन्तरिक द्वन्दमा फसेको रहस्य बाहिर आएको छ । मर्जरपछी बैंकमा विभिन्न खाले गुट-उपगुट बनेसँगै बैंक नेतृत्वले गत बुधबार आकस्मिक बोर्ड बैठक डाकी शनिबारदेखि लागु हुनेगरी प्रविन बस्नेतको नेत्त्रित्वलाई कार्यकारी नेतृत्व दिएपछि यो प्रकरण झन् छताछुल्ल भएको हो ।बोर्डले आकस्मिक बैठक राखी ८ गते शनिबारदेखि लागू हुने गरी माछापुच्छ्रे बैंकबाट आएका प्रविन बस्नेतको नेतृत्वलाई कार्यकारी नेतृत्व अर्थात् सीईओको जिम्मेवारी दिएपछी बैंकको विवाद कुन हदसम्म छ भन्ने तथ्य बाहिर आएको हो । सामान्यतया कुनै पनि निर्णय शनिबार र विदाको दिन नपारी त्यसको भोलीपल्ट देखि लागू गर्ने चलन नेपाली बैंकिङ क्षेत्रमा छ । यसअघि विभिन्न संचारमाध्यममा बैंकभित्र भएका गुट-उपगुटका बारेमा खोजमुलक समाचार आएका थिए । शनिबारदेखि लागु हुनेगरी निर्णय गरेपछि ती समाचारहरु पनि पुष्टी भएका छन् । 
मर्जरले निम्त्याएको समस्या: गुट-उपगुट, घाटा बैंकलाइ नै !
अर्थ सरोकार डटकमलाई बैंकको विशेष स्रोतले दिएको जानकारी अनुसार बैंकका अध्यक्ष सुदिप आचार्यप्रति अधिकांस उपल्लो तहका कर्मचारीहरु असन्तुष्ट छन् । उनकै असहयोगका कारण महेश काफ्लेले मर्जर भएपछि एक कार्यकाल पनि काम गर्न नसकेको तर्क बैंकका उपल्लो तहका कर्मचारीहरु गर्ने गर्छन् । काफ्लेलाई योजनाबद्ध रुपमा राजीनामा दिन लगाएर माछापुच्छ्रे बैंकबाट बस्नेतलाई ल्याएको उनीहरुको तर्क छ । प्रविन बस्नेत चार्टड एकाउन्टेन्ट हुन् । २०७३ फागुन १९ को कामना विकास बैंकको दशौं वार्षिक साधारणसभाबाट अध्यक्षमा मनोनित भएका आचार्यकै प्लान अनुसार काफ्लेलाई हटाएर बस्नेतलाई पदमा ल्याइएको थियो । जसका कारण बैंकका कर्मचारीहरु असन्तुष्ट छन् । र उनीहरुले खुलेर काम गर्नसमेत सकेका छैनन् ।गत आर्थिक वर्षको साउन २० गते बुटवलमा प्रधान कार्यालय भएको दश जिल्ला कार्यक्षेत्रको अधिकार पाएको सेवा विकास बैंक र पोखरामा प्रधान कार्यालय भएको राष्ट्रियस्तरको कामना विकास बैंक एक आपसमा गाभिएर बनेको हाल ज्ञानेश्वर काठमाडौंमा प्रधान कार्यालय रहेको कामना सेवा विकास बैंकमा मर्जरपछी यस्तो समस्या देखिएको हो ।
‘मर्जरपछि यस्तो समस्या देखिनु सामान्य हो, तर समाधान नगर्नु कमजोरी हो’ : विज्ञ 
यता बैंक तथा वित्तिय क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आएका बिज्ञहरुले भने मर्जरपछि सञ्चालन हुने अधिकांस बैंकमा यस्तो समस्या हुने गरेको बताएका छन् । ‘मर्जरपछी बनेका बैंकमा यस्तो समस्या हुनु सामान्य हो । स्टाफ एडजष्टमेन्ट अर्को टाउको दुखाइ हुन्छ बैंकमा । दुइथरी ग्राउण्डबाट आएकाहरुको कुरा नमिल्नु सामान्य हो । तर त्यसलाई व्यवस्थापन गर्न नसक्नु भने ठूलो कमजोरी हो ।’ बैंकिङ क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आएका एक बिज्ञ चार्टड एकाउन्टेन्टले भने । आफुले प्रविन बस्नेतलाई समेत चिनेको बताउने उनले उनी सक्षम व्यक्ति भएको दावी समेत गरे । ‘प्रविन क्यापेबल मान्छे हो । तर मर्ज भएको बैंकमा यस्तै समस्या हुन्छ।’ उनले भने । यस विषयमा बुझ्न हामीले कामना सेवा बिकास बैंकमा फोन गरेका थियौं । तर बैंकका कर्मचारीले यस विषयामा आफुहरुलाई थाहा नहुने र यस विषयमा को बोल्ने हो समेत थाहा नभएको बताए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: