×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्से ९०० मा आउँछ भनेर हौवा पिटाउने बस्यालले झन्डै भेटे ‘स्याल-धुलाई’, सार्वजनिक रुपमै मागे माफी (भिडियोसहित)

  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ- सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसरमा भएको लगानीकर्ताको दवाव कार्यक्रममा सेयर बजार विश्लेषक तथा लगानीकर्ता बिष्णु बस्यालमाथि कुटपिटको प्रयास भएको छ । नेप्सेमै चलेको एक छलफलमा बस्यालले लगानीकर्ताको भावना विपरित बोलेको भन्दै उनीमाथि लगानीकर्ताहरु जाइलागेका थिए । उनले केहि समय अगाडी नेप्से ९०० मा आउने बताएका थिए । 
उनले अहिलेको कनेक्टिभिटीको समस्या रहेको र यो समस्या समाधान नभएसम्म लगानीकर्तालाई अनलाइन ट्रेडिङको लागि आईडी र पासवर्ड दिनु नहुने धारणा राखेका थिए । उनले सो कुरा गर्ने बित्तिकै लगानीकर्ताले उनीमाथि कुटपिटको प्रयास गरेका हुन् । आफुमाथि कुटपिट प्रयास भएको तर प्रहरीले त्यसलाई सफल हुन् नदिएको उनले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: