ललितपुर महानगरपालिकाले मुख्य–मुख्य सडकमा सिसीटिभी राख्ने, मेयर भन्छन्, 'गतिलो ठेकेदार पाइएन' (भिडियो रिपोर्ट)


ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर भित्रको मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी भईरहेको जानकारी दिनु भएको हो । १३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पु¥याउन महानगरपालिकाले सिसीटिभी क्यामेरा सडकमा जडान गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो । मेयर महर्जनले सिसीटिभी क्यामेरा सडकमा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भईरहेको पनि बताउनु भयो ।

मेयर महर्जनले ट्राफिक लाईट व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको पनि स्मरण गराउनु भयो । राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाईट व्यवस्थापनको कामले गति लिन नसकेको उहाँको भनाई थियो । 
प्रकाशित : Sunday, November 18, 2018

recent

Popular Posts