×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अनुसन्धान गर्ने आँट छ नियामकसँग ? यसरी भएको थियो एलआईसी नेपालको सेयरमा ‘इनसाइडर ट्रेडिङ’ !

  • अर्थ सरोकार टिप्पणी 
काठमाडौँ – झुक्याएर, छक्याएर लुट्ने काम यदा कदा भएकै हो । तर देशमा अव लुट्न खुल्लमखुल्ला पाईदोरहेछ भन्ने उदाहरण बनेको छ,  एलआईसी नेपाल प्रकरण । यो प्रकरणले एकातर्फ ‘बैधानिक लुट’लाई प्रसय दिएको छ भने अर्कोतर्फ बजारमा सुचिकृत कम्पनीहरुले जारी गरेको सूचनामा भर पर्ने कि नपर्ने भन्ने प्रश्न उठेको छ ।  कम्पनीले सूचना निकाल्ने, आफु वा मातहतका कर्मचारीहरुले खेल्ने अनि सूचनामा संसोधन गरेर आफुहरुले कमाउने र सोझा लगानीकर्ता लुट्ने खेलले प्रसय पाईरहेको छ । यहिबेला नियामकहरु भने तै चुप, मैं चुपको स्थितिमा छन्। लाइफ इन्स्योरेन्स कम्पनीले करिब तीन महिनाअघि ३६ प्रतिशत बोनस र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव संसोधन गरि १२ प्रतिशत बोनस दिने सूचनाले सेयर लगानीकर्ता लुटिएकामात्र छैनन्, बरु देशमा खुल्लमखुल्ला लुट्न पाइन्छ भन्ने उदाहरणको पनि पुष्टी भएको छ । प्राविधिक कारण देखाएर यसरीसम्म लुट्न पाइन्छ भने हाम्रो बजार कता जाँदैछ ? यो विषयमा किन कोहि बोलीरहेका छैनन् ? प्रश्न गम्भीर छ । 
बिमा समितिका अध्यक्ष चिरिन्जीबी चापागाईले एलआईसी नेपालले प्रोभिजनमा पर्याप्त पैसा नराखी लाभांश घोषणा गरेकाले पुर्वघोसित लाभांश परिमार्जन हुन पुगेको बताईरहेका छन् । उनलाई यो केस सामान्य लागेको छ । कम्पनीका सीइओले त आफ्नो डम्फु बजाउने भइहाले । लगानीकर्ताका नेता भनेर घिरौँलाजत्रो नाक बनाउनेहरु पनि चुप छन् । अझ बिमा समितिका अध्यक्षले त लगानीकर्ताले कम्पनीको घोषणामा बिश्वास गर्न नहुने जवाफ दिएका छन् । अनि विश्वासचाहिं केमा गर्ने त ? उनैले जानुन् । कम्पनीको बोनस लाभांश ३६ बाट १२ प्रतिशतमा झारिएको सूचना बाहिरिएकै दिन यसका सेयरधनीहरुले प्रति कित्ता ८९ रुपैयाँ गुमाएका छन। प्रति कित्ता १५७० रुपैयाँका दरले खुलेको कारोबार ८९ रुपैयाँले घटेर १४९१ मा आइपुगेको छ, यो मुल्य अझै कति तल जाने हो त्यो हेर्न बाँकी छ। कम्पनीले साउन २४ गते ३६ प्रतिशत लाभांश दिने घोषणा गरेको दिन कम्पनीको सेयर मुल्य प्रति कित्ता १६०० रुपैयाँले कारोबार भएको थियो। 
अनुसन्धान गर्ने आँट छ नियामकसँग ? यसरी भएको थियो इनसाइडर ट्रेडिङ’ !
कारवाही भन्ने शब्दलाई पैसाले थिचेको बजारमा गलत गर्नेलाई कारवाही हुन्छ भन्ने सोच्न पनि सकिदैन । तर नियामकले यो प्रकरणमा अनुसन्धान गरेर सम्बन्धित पक्षलाई सचेत गराउन पनि खुट्टा कमाउने निश्चित छ । बजारको विश्लेषण गर्ने हो भने एलआईसी नेपालको पछिल्लो ३ दिनको कारोबार नसोचेको ‘भोलुम’मा छ ।कात्तिक १३ गते मात्रै १०९१६ कित्ता कारोबार भएको छ भने कात्तिक १ गते बिहिबार मात्रै १०९६० कित्ता कारोबार भएको छ । जवकी कारोबारको केहि समय अगाडीको इतिहास हेर्ने हो भने पछिल्लो २ महिनासम्म कम्पनीको कारोबार औशतमा ५००० कित्ता भएको देखिन्छ । यतिसम्मकि कम्पनीमा उच्च तहमा रहेका कर्मचारीका साथी भाइ आफन्तले योबीचमा सेयर कारोबार गरेका छन् । 
सीइओकै चिनजानका व्यक्तिले पनि कारोबार गरेको देखिएको छ । कारोबारको अघिल्लो दिन केहीलाई र त्यसपछि अघि नै केहीलाई कम्पनीका उच्च अधिकारीले सूचना संसोधन गर्ने जानकारी दिइसकेका थिए । कम्पनी स्रोतले दिएको जानकारी अनुसार पनि प्रोभिजनको नामिलाइएको कुरा पनि नियोजित नै थियो ।  कसैको गोपनियताको हक विरुद्ध हामीले वा कसैले बोल्न मिल्दैन । तर कम्पनीका सीइओले बदमासी गरेका छन् । यो प्रकरणमा लगानीकर्ताको नेता हुँ भन्दै हिड्ने कहिलेसमेत कारोबार गरेका छन् । यो विषयमा नियामकले चाहेमा कम्पनीको गलत धन्दा प्रष्ट हुन्छ । हुन त बिगतकै अभ्यास हेर्ने हो भने पनि यस्तो गलत काम गर्नेलाई कसैले कारवाही गरेको देखिंदैन । 
एलआईसी नेपालको दादागिरी कहिलेसम्म ?
यसो त एलआईसी नेपालले दादागिरी देखाएको यो पहिलो पटक भने होइन । बीमा कमपनीहरुको नियामक संस्था बिमा समितिको निर्देशन नटेर्ने कम्पनीलाई यसअघि बिमा समितिले कारवाही गरेको थियो । तोकिएको समयभित्र अघिल्लो आर्थिक बर्षको प्रतिवेदन नबुझाएपछि बीमा समितिले कम्पनीलाई कारवाहीको दायरामा ल्याएको थियो । यो घटनाले एकातर्फ बजारमा बैधानिक रुपमै लुट्न पाइन्छ भन्ने कुरा स्थापित हुने डर बढेको छ भने बुढी मरी भन्दा पनि काल पल्केको पीर अर्कोतर्फ बढेको छ । यो घटनाले नियामकको असक्षमता र लगानीकर्ताका नेता हुँ भन्दै गफ लडाउनेहरु जनता लुटीदा कसरीसम्म चुप बस्दा रहेछन् भन्ने कुरा पनि प्रमाणित भएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: