×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको वेवसाइट भन्छ, ‘१७.३१ अंकले बजार घट्यो’ तर बिज्ञ भन्छन्, ‘आजलाई नेप्से इन्डेक्स नपत्याउनू’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- विहानदेखि नै वेव साइटमा समस्या देखिएको नेप्सेले आज १७.३१ अंकले बजार घटेको जनाएको छ । तर आज दिनभर र अघिल्लो कारोबारको दिन पनि नेप्सेको साइटमा समस्या देखिएकाले आज एक दिनका लागि यो इन्डेक्स पत्याईहाल्न नहुने विज्ञहरुले सुझाव दिएका छन् ।
नेप्सेको काम गरिरहेको वाईको मै कार्यरत एक कर्मचारीलेसमेत आजको इन्डेक्स पत्याईहाल्न गाह्रो हुने वा भोलिको कारोबार समयमा घटबढ हुन समेत सक्ने कुरामा ध्यानाकर्षण गराएका छन् । यद्यपी उनले आफु काम गर्ने वाईकोले बनाएको अनलाइनको चौतर्फी आलोचना भइरहेका बेला आफ्नो विवरण र नेप्सेको आजको इन्डेक्स नपत्याउन दिएको सुझावको टेक्निकल कारण भने उल्लेख नगर्ने बताए ।
आजको नेप्सेकै विवरण पत्याईदिने हो भनेचाहिं नेप्से १२०५.२२ विन्दुमा पुगेको छ ।   

‘खरिद भन्दा बिक्री सस्तोमा राखेको पनि देखिन्छ ।  ठ्याक्कै त्यस्तो भएको होला र ? लगानीकर्ता आफैंले हिसाव गर्दा राम्रो । नेप्सेले देखाएको धेरै अंकहरुमा  गोलमाल छ । कारोबारको विवरणमै पनि केहि त्रुटी छ । अव हामीले यस्तो हो है भनिदिने हो, बाँकी त लगानीकर्ता आफैंले बुझ्नुको विकल्प छैन ।’ उनले अर्थ सरोकारसँग भने।   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: