×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काठमाडौँ महानगरपालिकाका मेयरले कर्मचारीलाई दिए यस्तो चेतावनी, पत्रकारहरुप्रति पनि गुनासो ! (भिडियोसहित)

काठमाडौँ – काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिनु भएको हो ।
सोमबार काठमाडौंको टेकूस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धि प्रविधि परीक्षण कार्यक्रममा सहभागी हुनु भएका उहाँले संचारकर्मीमाझ ४० लाख भन्दाबढि मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पु¥याउने जोकोहीलाई पनि कार्वाहीको दायरा ल्याउन सम्बन्धित निकायलाई सचेत पनि गराउनु भयो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पबारे पनि छलफल भईरहेको जानकारी दिनु भयो । सिसडोल नजिकै रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आवश्यक छलफल भईरहेको मेयर शाक्यको भनाई थियो ।
मेयर शाक्यले काठमाडौंको फोहारमैला व्यवस्थापनसम्बन्धि तथ्यपरक समाचार सम्प्रेषण नगरेको भन्दै संचारकर्मीहरुप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भयो । कार्यक्रममा फोहोर व्यवस्थापन गर्दा स्वास्थ्य प्रतिकूल हुने खालका किटाणुलाई निषेध गर्ने विधि र प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: