×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विप्लव नेतृत्वको नेकपाको ‘विशाल जनसभा’ चल्दैछ, हामी पत्रकार ‘ड्यूटी’मा छौँ…! (फोटोकथा)

  • अर्थ सरोकार सम्बाददाता


काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार काठमाडौँमा विशाल जनसभाको आयोजना गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको जनसभालाई पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले  सम्बोधन गरेका थिए । जनसभामा सम्बोधन गर्दै उनले सरकारको विरोधमात्र गरेनन्, निर्मला हत्या प्रकरणमा सरकारले दोषी लुकाएको भन्दै आफ्नो पार्टीले अपराधि पत्ता लगाएर जनताको बीचमा ल्याएर कारबाही गर्ने चेतावनी समेत दिए । 
माउन्टेन टेलिभिजन र एबीसी न्यूज टेलिभिजनका क्यामरा पर्सनहरु आफ्नो काममा 

विद्रोही नेकपा भएकाले पनि पार्टी प्रवक्ताले के भन्छन् वा अरु नेताले के भन्छन् भन्ने कुराको पत्रकारहरु ब्यग्र प्रतीक्षामा थिए । एकातर्फ क्रान्तिकारी पत्रकार संगठन नेपालले विभिन्न सञ्चार गृहमा गएर कार्यक्रमको कभरेज गरिदिन सम्पादक र सञ्चालकलाई आग्रह गरेका थिए भने अर्कोतर्फ सार्वजनिक महत्वको कार्यक्रम भन्दै पनि थुप्रै पत्रकार कार्यक्रममा सहभागी भएका थिए । 

एभिन्यूज टेलिभिजनका पत्रकारहरु जनसभालाई क्यामरामा उतार्दै  
महंगी, भ्रष्टाचारका विरुद्ध पार्टीले गरेको उक्त जनसभामा बढी राजनीतिक कुरा आउने नै भए । तै पनि कोहिले आर्थिक कुरा निकालीहाल्छन् कि भनेर अर्थ सरोकारका पत्रकार पनि कार्यक्रम स्थल पुगेका थिए । नभन्दै पार्टीका प्रवक्ता प्रकाण्डले अधिकांस आफ्नो समय सरकार र देशको अर्थतन्त्र जोडेर नै भाषण गरे । यतिसम्म कि उनले उद्योगी व्यवसायीका समस्यादेखि बैंकका बारेमा समेत टिप्पणी गर्न भ्याए । 
यहि बीचमा कार्यक्रम स्थलमा पुगेका पत्रकारहरुलाई अर्थ सरोकारकर्मीले आफ्नो क्यामरामा कैद गरे । क्रान्तिकारी पत्रकार संगठन नेपालका पत्रकारहरु सुन्तला कलरको प्रेस ज्याकेट लगाएर बसेकाले पनि को को क्रान्तिकारी पत्रकार संगठनका हुन् भन्ने चिन्न सजिलो थियो ।  
अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार ज्ञानेन्द्र खड्का जनसभाको तस्विर खिच्दै 

कार्यक्रम स्थलमा दिनभरजसो नै देखिन्थे थाहासञ्चार नेटवर्कका पत्रकार हिम बिष्ट ।  
रातोखबरका पत्रकार जनसभाको दृश्य कैद गर्दै । रातो खबर पार्टीले नै सञ्चालन गरेको पत्रिका हो ।  
कान्तिपुर एचडी टेलिभिजनका क्यामरापर्सन जनसभाको दृश्य खिच्दै 
क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष एवम् रेडियो तहल्का सल्यानका सञ्चालक डील्ली रावत लाइभ प्रशारणका लागि सल्यानका सहकर्मीलाई मोबाइलबाट निर्देशन दिंदै 
अधिकांस टेलिभिजनमा एकाधिकार जमाएको समाचार एजेन्सी न्यूज एजेन्सी नेपाल’का क्यामरा पर्सन आफ्नो काममा 
मोटिभेट न्यूजका पत्रकार शोभराज बराल र इमान्दार मिडिया डटकमका अध्यक्ष कमल बुढा आफ्नो काममा । दुवै क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।  
क्रान्तिकारी धारको पत्रकारिता गर्ने करण बडाल नेताहरुको मन्तव्य सुन्दै छन् । उनी पार्टीले सञ्चालन गरेको पत्रिका ‘रातो-खबरमा’ पनि लेख्छन् । जनमुक्ति खबर डटकम नामक अनलाइनमा कार्यरत उनी क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् सोहि संगठनका काठमाडौँ जिल्ला अध्यक्ष हुन् ।  
सञ्चारकेन्द्र डटकमकि सम्पादक दिया चन्दले हामीले फोटो खिचिरहेको थाहा पाएपछि  हात हल्लाइन् । उनी क्रान्तिकारी पत्रकार संगठन नेपालकि केन्द्रीय सदस्य हुन् । क्रान्तिकारी पत्रकारहरुको समूहमा उनी अब्बल महिला पत्रकार मानिन्छिन् ।   
सञ्चार केन्द्र डटकमकि पत्रकार आस्था नेपाली आफ्नो काममा । 
अनलाइन खबर डटकमका पत्रकार समाचार टिपाउँदै। 
बुटवलबाट प्रकाशन हुने पत्रिका गर्जन पोष्ट साप्ताहिकका सम्पादक प्रकाश डुम्रे र इमान्दार मिडिया डटकमका अध्यक्ष कमल बुढा जिस्किंदै । कमल बुढा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन् । 
क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदीप बर्देवा कामबाट एकछिन बिश्राम लिएर पत्रिका पढ्दै । 

झट्ट हेर्दा सेनाका कमान्डरजस्ता देखिने यिनी गोप्य खबर डटकमका सम्पादक हुन् । उनी क्रान्तकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन् भने सोहि संगठनका काठमाडौँ जिल्ला उपाध्यक्ष पनि हुन् ।  
रेडियो मिर्मिरे, काठमाडौँकि समाचार वाचिका सिर्जना तिमिल्सीना कार्यक्रमस्थलबाट रेडियोमा लाइभ गर्दै 

एपीवान टेलिभिजनका पत्रकार कार्यक्रम नियाल्दै 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: