×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच शुल्क भुक्तानी अनलाइन प्रविधिबाट गर्ने सम्झौता

काठमाडौं – नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नयाँ जनशक्तीको लागि विज्ञापन गर्दा दरखास्त शुल्क अनलाइन प्रविधिबाट भुक्तानी गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेको छ ।
समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सरकारी स्वामित्वको ठूलो बैंक संग सहकार्य गर्न पाउदा खुशी लागेको बताए ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यस सेवालाई प्रभावकारी ढङ्गबाट कार्यन्वयन गर्दै भविश्यमा राष्ट्र बैंक संग सहकार्य गरी जनतालाई थप सेवाहरु प्रदान गर्न बैंक सदैव तयार रहेको बताए ।
उक्त सम्झौता भएपश्चात नेपाल राष्ट्र बैंकले निकट भविष्यमा नयां जनशक्ती भर्नाको लागि माग गर्ने विज्ञापनमा आवेदन गर्दा दरखास्त फारम अनलाइन प्रविधि मार्फत भर्नुपर्ने र सो को दरखास्त शुल्क राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेट बैंकिङ्ग वा मोवाइल बैंकिङ्ग अथवा इसेवा डिजिटल सेवा मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको नेपाल राष्ट्र बैंकको खातामा सिधै रकम जम्मा हुने छ ।
बैंकको हाल ७४ जिल्लामा २०७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख देवेशप्रसाद लोहनी, नेपाल राष्ट्र बैंकका तर्फबाट निर्देशक गुरुप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: