×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टोपी लगाएर तातोपानीमा नुहाउँदै बादल, प्रचण्डको अर्धनग्न फोटो आफ्नै सचिवालयले गर्यो सावजनिक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सामान्यतया नुहाईरहेको समयको फोटो सार्वजनिक गर्नु शोभनीय मानिदैन । तर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार म्याग्दीको तातोपानी पुगेर नुहाएको फोटो सार्वजनिक भएको छ । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेसँगै फोटो भाइरल मात्र भएको छैन नुहाएको फोटो किन सार्वजनिक गरियो भन्ने चर्चा पनि चलेको छ । 
तस्वीरमा गृहमन्त्री बादलले टाेपी लगाएर नुहाइरहेको देख्न सकिन्छ । यसलाई धेरैले अचम्म मानेर हेरेका छन् ।  प्रचण्ड पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनीहरू परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि पत्नी नैनकला थापालार्इ लिएर तातोपानी कुण्डमा नुहाउन पुगेकाे प्रचण्डको सचिवालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: