×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइज एडजस्टमेन्ट नोटिस : समता माइक्रोफाइनान्सको ६.६६% बोनस सेयरमा मूल्य समायोजन

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : समता माइक्रोफाइनान्स वित्तीय संस्था
मूल्य समायोजन सेयर : ६.६६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १२ सय रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता १ हजार २२ रुपैयाँ ५८ पैसा
विशेष साधारण सभा : मंसिर २७ गते 

विवरण :


समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ६.६६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १२ सय रुपैयाँ कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार २२ रुपैयाँ ५८ पैसा छ ।
साधारण सभामा समताले हालै बिक्री गरेको ५०% हकप्रदपछि कायम चुक्ता पुँजीबाट ६.६६% बोनस सेयर र ७.३६% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने छ । समताले यसअघि १०% बोनस सेयर र ११.०५% नगद लाभांश दिने घोषणा गरेको भएपनि हकप्रद भर्नेलाई समेत दिने निर्णय गरिएपछि बोनसदर घटाएको हो । प्रस्तावित बोनस र बिक्री भइसकेको ५०% हकप्रदपछि कायम हुने ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीमा फेरि २००% हकप्रद जारी गर्ने तयारी पनि कम्पनी रहेको छ ।

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : २० लाख ८३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ९८ पैसा
प्रतिसेयर नेटवर्थ : १६३ रुपैयाँ १ पैसा 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: