×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : ‘अवैध’ चन्दा संकलन’को पोल खुलेपछि सुर्या लाईफले गर्ने भयो विद्यालयलाई सहयोग !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- देउसी भैलो कार्यक्रमका नाममा कम्पनीको रिसिप्टको दुरुपयोग गरेर नवलपरासीको सुर्या लाइफ इन्स्योरेन्सले अवैध रुपमा चन्दा उठाएको पोल खुलेपछि अन्तत: कम्पनीले उठेको रकम विद्यालयलाई सहयोग गर्ने भएको छ । कम्पनीकि बर्दाघाटकि इन्चार्ज पुष्पा अर्यालले दिएको जानकारी अनुसार २०७५ सालको देउसी भैलोमा उठेको रकम स्थानीय एक विद्यालयमा छात्रवृतिका लागि अक्षय कोष स्थापना गर्न लागिएको हो ।
कम्पनीमा आवद्ध केहिले गैरकानुनी रुपमा इन्स्योरेन्स कम्पनीको रिसिप्ट प्रयोग गरेर अवैध रुपमा चन्दा उठाएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । कम्पनीकी बर्दाघाट इन्चार्ज पुष्पा अर्यालले कम्पनीको रिसिप्टको प्रयोग नजानेर भएको भन्दै आफ्नो गल्ती भएको स्वीकारेकी थिइन् । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले पनि देउसी भैलो खेलेर कम्पनीका नाममा रिसिप्ट काट्नु गलत भएको र यस्तो काम गर्नेलाई छानविन गरी कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यो प्रकरण बाहिरिएपछी कम्पनीका सीइओकै सल्लाहमा आकष्मिक बैठक बसी कम्पनीले उक्त रकम एक विद्यालयमा छात्रवृतिको लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो । स्मरण रहोस् कम्पनीको रिसिप्ट प्रयोग गरेर कम्पनीका केहिले जवरजस्त पैसा उठाएको गुनासो स्थानीय केहि पसल संचालकहरुले अर्थ सरोकारमा गुनासो पोखेपछि हामीले यस विषयमा समाचार प्रकाशन गरेका थियौं ।

यो पनि पढ्नुहोस् :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: