×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एयरपोर्टको ठेक्कामा यसरी गर्न खोजियो ‘टेन्डर-फिक्सिङ’, पोल खुलेपछि रद्ध भयो ठेक्का, तर बाहिरियो अचम्मको रहस्य !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक ठेक्कामा ‘टेन्डर-फिक्सिङ भएको रहस्य बाहिर आएको छ । विमानस्थलले पसल–कबल भाडामा लगाउन आह्वान गरेको टेन्डर सूचना प्रकाशित पृष्ठ हटाएर बाँकी पत्रिकामात्र बिक्री गरेको उजुरीपछि प्रेस काउन्सिलमा परेपछि यस्तो रहस्य बाहिर आएको हो । 
काउन्सिलका अनुसार ‘नेपाल समाचारपत्रको २०७५ भदौ ३० गते र असोज २० दुई दिन टेन्डर सूचना प्रकाशित चारवटा पृष्ठ गायब गरी बजारमा वितरण गरिएको, यसबारे सूचना आयोग अनभिज्ञ रहेको र बुझ्दै जाँदा त्रिभुवन विमानस्थलका पसल–कबल भाडामा दिन टेन्डर मागिएको सूचना प्रकाशित भएको पत्ता लागेकाले विमानस्थल व्यवस्थापन, व्यापारी र पत्रकारको मिलेमतोमा यस्तो गरी आफूले चाहेको व्यक्तिले मात्र टेन्डर दर्ता गर्ने वातावरण बनाउन विमानस्थल प्रमुख र समाचारपत्र दैनिकले भ्रष्टाचार गरेका कारण कडा कारबाही गरियोस्’ भनी सत्यराम सुवालले उजुरी गरेका छन् ।
तर यस्तो बदमासी पत्रिका स्वयम् ले गर्यो वा वितरकलाई प्रभावमा पारेर यस्तो गरियो भन्ने बारे अझै पनि तथ्य बाहिर आएको छैन । तर पत्रिकानिकट केहिले भने उक्त सूचना पठाउने बिज्ञापन एजेन्सीको समेत मिलेमतोमा वितरकलाई प्रभावमा पारेर पत्रिका साहुलाई पत्तो नै नदिइ उक्त काम भएको हो ।  यो घटनासँगै बर्षौंदेखि साप्ताहिक पत्रिकामा टेन्डर छाप्ने र टेन्डर छापिएको पत्रिका नै बजारमा नजाने गरेको आरोपलाई केहि हदसम्म पुष्टि गरेको विश्लेषण धेरैले गरेका छन् । यद्यपी समाचारपत्र भने यो केसमा दोषी छ वा छैन भन्ने कुरा भने अहिले नै भन्न नसकिने जानकारहरु बताउँछन् ।  
यता त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले भने घटनाबारे जानकारी आउनासाथ उक्त विज्ञापन रद्ध गरिएको र  सोमबार (कात्तिक १९ गते)  उक्त टेन्डरको सूचना पुन: गोरखापत्रमा प्रकाशित गर्न लागिएको बताएका छन् । महाप्रबन्धक क्षेत्रीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन कक्षछेउ एउटा पसल पुनः भाडामा लगाउन टेन्डर सूचना जारी गरिएको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: