×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आईजीपी सर्वेन्द्र खनाललाई ज्वाईं भन्दै नक्कली कम्पनी खोलेर ठगी, पोल खोलेपछि ८ वटै नम्बर स्वीच अफ गरेर टाप !

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ – नेपालमा विभिन्न खालका ठगीका समाचारहरु बाहिर आइरहेका छन् । नेतालाई आफ्नो मान्छे भनेर ठगी गरेका खबरहरु पनि आएकै हुन् । अव त हुँदा हुँदा प्रहरीका उच्च तहका व्यक्तिलाई आफ्नो नातेदार भनेर ठगी हुन थालेको छ । यस्तैमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो ज्वाईं भएको भन्दै एक व्यक्तिले विराटनगरमा ५० जनालाई ठगी गरेको पाइएको छ । 
नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर गुणराज ओझाले ५० जनाभन्दा बढीलाई ठगी गरेका हुन् । मोरङ लेटाङ घर भई विराटनगर ५ मा बस्दै आएका ओझाले विराटनगरमा तीनवटा घर भाडामा लिएर यस्तो ठगी धन्दा चलाएका हुन् । उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाईसमेत आफु निकट मान्छे बताईरहेका थिए । अधिकृतदेखि पियन स्तरमा ५० जना कर्मचारी नियुक्ति गरेर तलब नदिइ ठगेको जनाइएको हो । 
ओझाले बिराटनगर महानगरपालिका–४, कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवा जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस मेनेजमेन्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएका थिए । ओझाले २०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका हुन् । यतिसम्म कि ओझाले घरबेटीलाई पनि जलविद्युत आयोजनाको करौडौ बराबरको सेयर दिने भन्दै घरभाडासमेत तिरेका छैनन् । 
‘गत चैतदेखि काम गरे पनि तलब पाएका छैनौं । आईजीपी आफ्नो भान्जे ज्वाईं भन्दै बाहिर बोले फसाउने धम्की दिन्छन् ।’ , ओझाबाट ठगिएका नितेश खतिवडाले भने । गुणराजले तलव दिनु त कहाँ हो कहाँ, उल्टै काम गर्ने कर्मचारीहरुबाट उल्टै ५ हजारदेखि १ लाख ३५ हजार सम्म ऋण लिएर नतिरेको खतिवडाको गुनासो छ । महिनौंसम्म तलब नदिई सापटी लिएको रकम समेत फिर्ता नगरेपछि खोजी गर्दा कम्पनी नै फर्जी भएको खुलेको हो । ‘तलब नदिएपछि खोज्दै जादा कम्पनी दर्ता नै भएको देखिएन्’, खतिवडाले भने । तलव माग्दा आफुले बाउन्स छेक पाएको समेत उनको गुनासो छ । 
कम्पनी सञ्चालक ओझा फरार भएपछि ५० जना कर्मचारीले श्रम कार्यालय विराटनगरमा उजुरी गरेका छन् । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले घटनाबारे भने, ‘गत चैतदेखि विभिन्न मितिमा कर्मचारीलाई नियुक्ती गरी ठगी गरेको रहेछ । सरकारी सुविधा सरह तलब र ५० प्रतिशत भत्ता दिनेगरी सम्झौता गरेर तबल नदिएको भेटियो । पहिलो पत्रको जवाफ नआएपछी दोश्रो पत्र काटेका छौं । उनी हाल सम्पर्कमा नै छैनन् भन्ने गुनासो धेरैबाट आएको छ । घटनाको थप अनुसन्धान हुँदैछ ।’ 
यता यस विषयमा पटक पटक विभिन्न व्यक्तिले उनलाई फोन गरेका छन् । तर ओझाले बोक्ने गरेका सबै ८ वटै मोवाइल स्वीच अफ गरेर बसेका छन् । ओझाले ५ वटा पोस्टपेड तीनवटा प्रिपेड नम्बर बोक्दै आएको ठगीएकाहरुले गुनासो गरेका छन् । ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: