×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको छ’: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नु भयो । आईतबार नेपाल–चीन मैंत्री संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चीनको ‘वान रोड वान बेल्ट’ अवधारणाले दक्षिण एशीयाली राष्ट्रकै आर्थिक विकास र व्यापारमा ठूलो सफलता हात पार्ने पनि स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यू होङले चीनले विश्वमै लगानी र व्यापारका लागि आवश्यक वातावरण बनाउन ‘वान बेल्ट वान रोड’ को अवधारणा अघि सारेको स्पष्ट पार्नु भयो । उहाँले नेपालले सो अवधारणाको साथ दिएको भन्दै आभार पनि व्यक्त गर्नु भयो । राजदुत होङले व्यापारमा सबै राष्ट्रको सहभागितामा वृद्धि गर्न पनि ‘वान बेल्ट वान रोड’ को अवधारणा उपयोगी हुने पनि स्मरण गराउनु भयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: