×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपिओ आउने भएको छ । संस्थाले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ ल्याउन लागेको हो । संस्थाले आइपिओ निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआइबीएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक कबिन्द्र ध्वजजोशीले हस्ताक्षर गरेका छन् । 
आँधिखोला लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १५ करोड रुपैयाँ भने जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । यो कम्पनीको चुक्ता भने पुँजी ६ करोड रहेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: