×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, कार्यक्रममा ८० जना सहभागि

काठमाडौं – कृषि विकास बैंक शाखा कार्यालय चापाकोटको आयोजनामा चापाकोट स्थित गंगालाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरियो । शाखा प्रबन्धक विश्वराज मरासिनीको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा प्रमुुख अतिथिका रुपमा क्षेत्रिय कार्यलय पोखराका निर्देशक मोहदत्त शर्मा पौडेल, विशिष्ट अतिथिका रुपमा क्षेत्रिय कार्यालय पोखराका शाखा प्रमुख मोतिप्रसाद पौडेल र शाखा कार्यालय वालिङका प्रबन्धक रामकुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा चापाकोट कै समाजसेवी अगुवा हरिप्रसाद पंज्ञानी, गंगालाल मा. वि. का प्र. अ. खेमराज भट्टराई, चापाकोट वार्ड नं. ९ का वडा अध्यक्ष शंकरभत्त भण्डारी, बैकमा २०४५ साल बाट नियमित कारोवार गर्नु भएका बैकका ग्रिनकार्ड होल्डर कर्जाग्राही गिरीधारी भट्टराई अतिथिका रुपमा रहेका थिए ।
यस कार्यक्रममा आमन्त्रित सबैलाई स्वागत मन्तब्य शाखाका ब्यवसाय सहायक सागर बरालले दिएका थियो भने वित्तीय साक्षरता कार्यक्रमको संचालन कार्यक्रमका संयोजक शाखाका लेखपाल गोविन्द लामिछानेले गरेका हुन्र । चापाकोट नगरपालिका भित्रका विभिन्न १० वटा सहकारी संस्थाका ८० जना सहभागिता रहेको थियो ।
कृषि बिकास बैंकको मोवाइल बैंकिङ्ग,भिसा कार्ड र आश्वा सम्बन्धि विज्ञापन केही समय बजाएपछि औपचारिक रुपमा कार्यक्रम शुरु गरिएको थियो । प्रमुख अतिथि क्षेत्रीय निर्देशक मोहदत्त शर्मा पौडेलले ब्यानर पढेर उद्घाटन गरि कार्यक्रममा आमन्त्रित अतिथिलाई आफ्नो मन्तब्य राख्न केहि समय दिईएको थियो ।
मन्तब्य पश्चात कार्यक्रमलाई ३ वटा भागमा वर्गिकरण गरी कृषि बिकास बैंक तथा यसका सेवा सुविधाहरुको वारेमा प्रशिक्षक रामकुमार श्रेष्ठले दिएका थिए । आर्थिक तथा वित्तीय प्रणाली सम्बन्धि जानकारी,बचत लगानी,समग्र बैंकिङ्ग सेवा सूविधा का वारेमा प्रशिक्षक मोतिप्रसाद पौडेलले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: