×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं – अजोड इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युट बीच नगदरहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट अपरेशन डाइरेक्टर चण्डेश्वर एन।आर।वैद्यले हस्ताक्षर गरेका छन् ।
अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा लेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा विभिन्न सेवाहरुमा अधिक्तम छुट प्राप्त गर्ने भएको छ । नगद रहित उपचार सेवा उपयोग गर्न पाउन व्योहोरा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युटले जनाएको छ ।
देशैभरीका प्रमुख हस्पिटल संग सम्झौता गर्ने उद्देश्यका साथ बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र बांकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: