×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : अजोड इन्स्योरेन्सले आफ्नो गल्ती सच्यायो, बैंकलाई दोष दिंदै सीइओले मागे माफी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अजोड इन्स्योरेन्सले गरेको लापरवाहीबारे अर्थ सरोकार डटकमले सीइओ अल्पज्ञानमाथि प्रश्न उठाउँदै टिप्पणीमूलक समाचार प्रकाशन गरेपछि अन्तत: अजोड इन्स्योरेन्सले आफ्नो गल्ती सच्याएको छ । समाचार प्रकाशन भएपछी कमपनीका सीइओ कुमार बहादुर खत्रीले मातहतका कर्मचारीलाई गल्ती सच्याउन निर्देशन दिएका छन् भने यस विषयमा सामाजिक सञ्जाल मार्फत माफी मागेका छन् । आफ्नो कम्पनीबारे   आफ्नै फेसबुक एकाउन्टबाट सेयर भएको गलत  समाचारका विषयमा उनले सम्झौता भएको बैंकले गलत समाचार बनाएर मिडियामा पठाएका कारण गल्ती भएको भन्दै माफी मागेका हुन् ।  
अर्थ सरोकारको समाचारपछि के-के गल्ती सच्चियो त ?
कम्पनीले एक बैंकसँग भएको सम्झौतामा आफ्नो कम्पनी र उक्त बैंकबीच जीवन बीमालाई विस्तार गर्ने बताएको थियो । सोहि समाचारलाई कम्पनीका सीइओले प्रचार-प्रसार समेत गरेका थिए । तर अजोड इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी भएकाले सो प्रचार गलत भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कम्पनीका सीइओ कुमार बहादुर खत्रीले उक्त समाचार बैंकबाट आएको बताउँदै उक्त गल्तीप्रति माफी मागेका छन् । उनले हुँदै नभएको तथ्य सामाजिक संजालमा सेयर गर्दा अजोड इन्स्योरेन्सका सीइओसँग कुन हदसम्मको अल्पज्ञान रहेछ भन्दै बीमा क्षेत्रमा नै चरम आलोचना भएको थियो । आफ्नो कम्पनीले कस्तो सेवा दिन्छ भन्ने तथ्यसमेत थाहा नभएका सीइओले के काम गर्लान् र भन्ने प्रश्न पनि चौतर्फी रुपमा आएको थियो । चौतर्फी रुपमा आलोचना बढेपछी उनले बैंकलाई दोष दिंदै सामाजिक सञ्जालमार्फत नै सार्वजनिक रुपमा माफी मागेका हुन् ।
पहिला उनले आफ्नै कम्पनीबारे प्रचार गरेको गलत समाचार :
उनले मागेको माफी :
यता कम्पनीका संचालकको विवरणमा पब्लिक कम्पनीलाई प्रालि भनी उल्लेख भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कम्पनीले उक्त गल्ती पनि सच्याएको छ । यो खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि अजोड इन्स्योरेन्स कम्पनीका सीइओलाई प्राइभेट कमपनी भनेको कस्तो र पब्लिक कम्पनी भनेको कस्तो हो भन्ने कुरा पनि राम्रोसँग थाहा नभएको प्रमाण अर्थ सरोकारले सार्वजनिक गरेको भन्दै सीइओ खत्रीको व्यापक आलोचना भएको थियो । अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि उनले चन्द्रागिरी हिल्स प्रालिको ठाउँमा चन्द्रागिरि हिल्स लिमिटेड बनाउन आफ्ना मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए। हेर्नुहोस् पहिला र अर्थ सरोकारले खबर प्रकाशन गरेपछि सच्चिएको तथ्य : 
अर्थ सरोकारको समाचार अघिको वेवसाइट विवरण :
 अर्थ सरोकारको समाचारपछि सच्चिएको तथ्य :

यो पनि पढ्नुहोस् :EXCLUSIVE : कानुनमै नभएको ‘बैंकास्योरेन्स’को हौवा पिटाउँदै बैंक र बीमा कम्पनीहरु, यस्तो छ भित्री यथार्थ !

बैंकास्योरेन्सको कुरामा भने अस्वाभाविक ढिपी !
यता नेपालमा बैंकास्योरेन्सको कुनै कानुन नै नभएपनि विभिन्न बैंकहरुसँग आफ्नो कम्पनीले बैंकास्योरेन्स गरेको दावी गरेको बारे अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि उनले आफु मात्र होइन सबै कम्पनीले त्यसै गर्ने गरेको बताएका छन् । समाचार प्रकाशन भएपछी अर्थ सरोकारको सम्पर्कमा आएका उनले नेपालमा बैंकास्योरेन्सको नीति नभएपनि गर्ने काम त्यहि नै भएको ढिपी गरेका थिए । जवकी कम्पनीले विभिन्न बैंकहरुलाई संस्थागत एजेन्ट मात्र दिएको हो । यसले कम्पनीका सीइओलाइ बैंकास्योरेन्स भनेको के हो भन्ने नै राम्रोसँग थाहा नभएको देखिन्छ । सुरुमा विभिन्न बैंक तथा विमा कम्पनीहरुले संस्थागत एजेन्ट लिनु दिनु लाइ नै बैंकास्योरेन्स भन्ने प्रचार गर्दै आएकोमा अर्थ सरोकार डटकमले नेपालमा बैंकास्योरेन्स को नीति बन्दै मात्र गरेको र हाल यस्तो नीति नरहेको खबर ब्रेक गरेपछि अधिले धेरै बीमा कम्पनीहरु र बैंकहरुले बैंकास्योरेन्स शब्द प्रयोग गर्न छाडेका छन् । तर अजोडका सीइओले भने नीतिमा नभएपनि गर्ने काम त्यहि भएको र सुधारको आवश्यकता भए सुधार गरौंला भन्ने शैलीमा प्रस्तुत हुँदै आफ्नै ‘लजिक’ दिएर कानुनमा हुँदै नभएको तथ्यलाइ प्रस्तुत गर्न खोजेका छन् । 
यो पनि पढ्नुहोस् :

टिप्पणी : सीइओ साप ! यो हदसम्मको अल्पज्ञान त सार्है भएन र ? इन्स्योरेन्स कम्पनीको पनि अलिकति इज्जत राख्नूस् !


(अजोड इन्स्योरेन्सका थप गलत कामबारेको खबर हामी आगामी अंकमा प्रस्तुत गर्नेछौँ।- सम्पादक)

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: