कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल कुमार उपाध्याय नियुक्त

काठमाडौं - कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल कुमार उपाध्याय नियुक्त भएका छन् । लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएपछि प्रमुख कार्यकारी अधिकृतमा उपाध्यायलाई नियुक्त गरिएको हो । पूर्व डिजिएम समेत रहेका उपाध्यायलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । 

बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा छनौट भएका अनिल कुमार उपाध्याय, कपीलमणि ज्ञवाली, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का र शंकर रायमाझीमध्ये बैंक संचालन कार्य योजनाका आधारमा उपाध्यायलाई सीइओ बनाउने संचालन समितिले निर्णय गरेको हो ।

कृषि विकास बैंकमा विगत ३० वर्षको लामो बैंकिङ अनुभव भएका उनी उक्त बैंकको पुर्व डिजिएम समेत हुन् । नवनियुक्त सीइओ उपाध्यायले यसअघि कृषि विकास बैंकको विभिन्न विभाग र तहमा बसेर काम गरेका थिए ।
प्रकाशित : Wednesday, December 26, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal