×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१३.५ प्रतिशतको स्किम आउने भएपछि बैंकरहरुबीच चर्को बहस, तत्काल ब्याज नबढाउने अनौपचारिक ‘भद्र सहमति’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -तत्काल बैंकहरुको ब्याज अव नबढ्ने भएको छ । ब्याजदरलाई लिएर वाणिज्य बैंकका सबै सीईओ र र केही बैंकका डेपुटी सीईओसमेत रहेको भाइबर ग्रुपमा चर्को बहस भएपछी अनौपचारिक रुपमा अव ब्याजदर नबढाउने भद्र सहमति हुन लागेको बैंकर्स संघका एक सदस्यले अर्थ सरोकार डटकमलाई बताए ।  एक बैंकले १३.५ प्रतिशत ब्याजको स्किम ल्याउने छनक दिएपछि बैंकरहरुबीच चर्को बहस भएको ती सदस्यको दावी छ । 
‘औपचारिक सहमति भएको होइन । तर अव कुनै पनि बैंकले ब्याज बढाउने छैन । यसो त व्याज बढाएर अव पैसा आउने पनि होइन । विभिन्न संघ र व्यापरीहरुले पनि ब्याज बढेकोमा विरोध गरेका छन् । त्यसैले अव ब्याज बढ्दैन । यसलाई भद्र सहमति नै मान्दा हुन्छ । सायद बैंकर्स संघको अर्को बैठकमा यसबारे निर्णय हुन्छ ।’ ती बैंकरले भने । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: